• २०८१ बैशाख १६ आइतबार

लिभरपुल विजयी, प्रिमियर लिगको उपाधि अन्तिम खेलबाट टुंगिने

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ ।

गएराती समपन्न खेलमा लिभरपुलले साउथ हम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा टाकुमी मिनामिनो र जोइ माटिपले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि नाथन रेडमोन्डले एक गोल गरेका थिए ।

लिभरपुल यस खेलमा आफ्ना स्टार खेलाडीहरु मोहमद सलाह भर्गिल भान डिकलगायतका खेलाडी बिना खेलेको थियो ।

लिभेपुलको यो जितपछि यस सिजनको प्रिमियर लिगको उपाधिको निर्णय अन्तिम खेलबाट हुने भएको छ । लिभरपुलको ३७ खेलमा ८९ अंक छ र लिगमा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंक पछाडी रहेको छ ।

अन्तिम खेलमा सिटी बराबरी या पराजित भएमा र लिभरपुलले खेल जितेमा उपाधि लिभरपुलले जित्ने छ भने सिटीले आफ्नो अन्तिम खेल जितेमा भने लिभरपुलको उपाधि जित्ने सम्भावना सकिने छ ।

त्यस्तै साउथहम्पटनको भने ३७ खेलमा ४० अंक छ र लिगमा १६औं स्थानमा रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै