• २०८१ जेठ ४ शुक्रबार

अर्घाखाँची शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

kharibot

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस  र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन्  ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर  विजयीभएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै