• २०८१ बैशाख १६ आइतबार

अर्घाखाँचीको नरपानीमा पर्यटकको सङ्ख्या बढ्दै

kharibot

अर्घाखाँची।  नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ ।

यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन् । मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ । 

नरपानीमा कपिलबस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन् ।

विशेष गरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा–६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताए । 

नरपानी कपिलबस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ । नरपानीमा हाल गङ्गा सरोवर निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले नगरपालिकाले  योजना बनाएको छ ।

गङ्गा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ । 

मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए ।

मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै