• २०८१ बैशाख १५ शनिबार

केशव स्थापितको वडामा काँग्रेसको क्लिन स्वीप

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २८ मा काँग्रेस विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापितको वडा रहेको २८ मा काँग्रेसले क्लीन स्वीप गरेको हो ।

काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भाइराम खड्गी प्रकाशले १२८२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बिपेन्द्र खड्गीले १०७३ मत प्राप्त गरेका छन् ।

यस वडाको दुई सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

काठमाडौँ महानगरको अहिलेसम्म ७ वटा वडाको अन्तिम परिणाम आएको छ, जसमा एमालेले १, २, ३, ४ र ५ नम्बर वडा जितेको छ भने काँग्रेसले २८ र ३० नम्बर वडा जितेको छ ।

त्यस्तै मेयर पदमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा एमालेको सुनिता डंगोलले निरन्तर अग्रता बनिरहेका छन् ।

कूल मतदाता तीन लाख २४२ रहेको काठमाडौँ महानगरमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै