• २०८१ बैशाख १७ सोमबार

काठमाडौँमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १३ हजार ६८२ मतले अगाडी

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

पछिल्लो अपडेट अनुसार बालेन शाहले २९ हजार ६ सय २१ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १३ हजार ६८२ मतले अगाडी रहेका छन् । केशव स्थापितले १५ हजार ९३९ मत पाएका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १५ हजार ३२ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ र राप्रपाकी विनिता मगैयाले ३६२३ मत पाएकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, २८, ३० र ३२  को मतगणना सकिएको छ र ६ वडामा नेकपा एमालेले जितेको छ भने २८ र ३० वडा काँग्रेसले जितेको छ ।

काठमाडौँ महानगरमा अहिलेसम्म ७५ हजार ४२१ मत गणना भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ । 

अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९, ३१ को मत गणना भैरहेको छ । जसमा वडा नम्बर ६ र ३१ को मत गणना अन्तिम चरणमा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै