• २०८१ बैशाख १५ शनिबार

३७ अर्बको मोबाइल फोन आयात

kharibot

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको थियो । 

विभागका अनुसार पछिल्लो दश महिनामा नेपालमा ५३ लाख ६५ हजार ११५ थान मोबाइल भित्रिएका छन् । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत र भियतनामबाट आउने गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो दश महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँ, भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाईटड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै