• २०८१ बैशाख १६ आइतबार

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

kharibot

संखुवासभा ।  चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् । 

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय