• २०८१ बैशाख २७ बिहीबार

तारा एयरको जहाज दुर्घटनामा परेका सात जनाको स्वयम्भूमा अन्त्येष्टि

kharibot

काठमाडौँ । प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको आज अन्त्येष्टि गरिएको छ ।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एकै परिवारका सात जना धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

आज शवको परीक्षण सकिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरे लगत्तै मृतकको अन्तिम संस्कार काठमाडौँको स्वयम्भूमा गरिएको हो ।

अन्तिम संस्कारमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पुग्नु भई पार्टीका धनुषा जिल्ला कमिटीका सदस्यसमेत रहेका राजन गोलेको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार अन्य शवको परीक्षण कार्य सकी शव आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै