• २०८१ बैशाख १४ शुक्रबार

मारिओपोलमा पक्राउ परेका एक हजार बढी युक्रेनी सैनिक रसिया सारिए

kharibot

काठमाडौं । मारिओपोलमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रसियामा सारिएको बताइएको छ । रुसी समाचार निकाय इतार तासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन् । 

आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् । 

यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बीरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै