• २०८१ बैशाख १७ सोमबार

भिनिसियसले रियल म्याड्रिड नछोड्ने

kharibot

काठमाडौं । ब्राजिलका युवा फरवार्ड भिनिसियस जुनियरले स्पेनिस महारथि क्लब रियल म्याड्रिड नछोड्ने भएका छन् । फ्रेन्च क्लब पिएसजीले आकर्षक प्रस्ताव दिएको विषय बाहिर आएपछि भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरेका छन् ।

२१ वर्षीय ब्राजिलियन खेलाडी सन् २०१८ मा रियलमा अनुबन्ध भएका थिए । त्यसयता उनी टिममा नियमित खेलाडी र महत्वपूर्ण सदस्य भएका छन् । 

पछिल्लो समय उनले राम्रो प्रदर्शन समेत गरेका छन् । फाइनल खेलमा उनले गरेको एक मात्र गोलबाट नै रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

विश्व बजारमा फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) जाने हल्ला चलिरहँदा भिनिसियसले भने क्लब आएदेखि सबै एकजुट रहेको र मड्रिडमा  रमाइलो भएको प्रतिक्रिया दिएका छन् । 

उनले भनेला छन्- ‘विश्वको सबैभन्दा ठूलो क्लबसँग निरन्तरता दिनेछु । म क्लबमा आएदेखि हामी सबै एकजुट भएका छौं । यो वर्ष छुट्टै रमाइलो थियो । हामीले एकजुट भएर प्रदर्शन गर्दा नै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयौं ।  

भिनिसियसले यस सिजन १७ गोल र १३ असिस्ट गरेका थिए । यस्तै, रियललाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

म्याड्रिडसँग भिनिसियसको अझै दुई वर्षको सम्झौता बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै