काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको खेल बर्षाका कारण रोकिएको छ ।
मलेसियामा जारी खेलमा नेपालले आफ्नो ब्याटिंग शुरु गर्नु अघि वर्षा भएपछि अहिले खेल रोकिएको छ ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले १९.५ ओभरमा अल आउट हुदै ८१ रन बनाएको छ ।
८२ रनको लक्ष्य पाएको नेपालले वर्षा रोकिए पछि ब्याटिंग गर्ने छ ।
यस खेलमा विजयी हुने देश प्रतियोगिताको फाइनलमा पुग्ने छ भने एशिया कपका लागि पनि छनौट हुने छ ।