नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री पोखरेल

खरीबोट

तस्बिर : रासस

ad

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन् । 

शिष्टाचार भेटका लागि आज सिंहदरबार आउनुभएका नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका छन् । 

मन्त्री पोखरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आपसी सम्बन्धको विस्तार नेपाली सेना र चिनियाँ सेनाका स्तरमा समेत विकसित हुनुपर्ने धारणा व्यक्त गरे । 

उनले दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान प्रदानलगायत नेपालको विकासको निमित्त यस अघि भएका पूर्व सम्झौताहरु कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । 

रक्षामन्त्री पोखरेलले राजदूत होङलाई नेपालको पूर्वाधार विकासका लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नवगठित सरकारले मित्रराष्ट्र चीनसँग आपसी सहयोग र सम्बन्ध थप विकास र विस्तार गर्न चाहेको स्पष्ट गरेका थिए । 

भेटमा मन्त्री पोखरेललाई बधाई दिँदै राजदूत होङले नयाँ सरकारको कार्यकालमा चीनसँगको मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने तथा दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता ऋषि राजण्डारीले जानकारी दिए । 

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिन थप प्रगाढ हुनाका साथै पारस्परिक सहयोग पनि अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए । 

भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने : रक्षामन्त्री ईश्वर पोखरेल

काठमाडौँ / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन ।  युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने :रक्षामन्त्री ईश्वर पोखरेल

काठमाडौँ / कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् ।  चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ : उपप्रधानमन्त्री ईश्वर पोखरेल

इटहरी / नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली

कानून संशोधन गरेर लगानी गर्न आग्रह

काठमाडौँ / उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताएका छन  ।  उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा