• २०८१ बैशाख १७ सोमबार

क्रिकेटको नयाँ ढाँचा सिक्स्टी के हो ?

kharibot

काठमाडौँ । कुनै समय क्रिकेटमा परम्परावाद हावी थियो । जब खेलको कानुन र शैलीमा परिवर्तनको कुरा आउँछ, धेरैको विश्वास क्रिकेटको पुरानो परम्परालाई यी परिवर्तनहरूले असर गर्ने छैन भन्ने रहे पनि क्रिकेटका फ्यानहरुलाई भने परिवर्तनले आकर्षित गरेको देखिन्छ ।

तर, समयको गतिसँग चल्ने चाहनाले पुरानो मान्यतालाई पन्छाएर नयाँ परम्परालाई जन्म दिन थाल्यो र आज पाँच दिनको परम्परागत क्रिकेट हुँदै ६० बलको प्रतिस्पर्धामा पुगेको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम सिक्स्टी (6ixty) राखिएको छ ।

सिक्स्टी (6ixty) भनेको के हो ?

सिक्स्टी नामले नै 60 बलको ढाँचा भन्ने बुझ्न सकिन्छ, जसमा विश्वभरका क्रिकेटरहरूले भाग लिनेछन् । यस शृङ्खलाको पहिलो प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सेन्ट किट्स र नेभिसमा खेलाइनेछ । यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनेछ । छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ ।

यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन् । कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउँदैन ।

यदि कुनै टोलीले निर्धारित समयमा आफ्नो ओभर पूरा गर्न नसकेमा त्यस टोलीका खेलाडीलाई अन्तिम ६ बलमा मैदान बाहिर पठाइनेछ ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले यो ढाँचाले टी-१० क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ ।

टी-२० क्रिकेट पूर्ण जोशमा

९४ वर्षसम्म टेस्ट क्रिकेट खेलेपछि विश्वले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ फर्म्याट देखेको थियो तर टेष्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रियपछि आएको टी–२० ढाँचाले सबैलाई पछाडि पारेको छ ।

टी–२० क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा मात्रै खेलिरहेको छैन, यो क्रिकेटले टेस्ट टोली खेल्ने प्रायः सबै देशमा फ्रेन्चाइजी क्रिकेटको रूपमा एक नाफामूलक व्यवसायको रूप लिएको छ ।

यो कुरा टी–२० मा मात्रै सीमित रहेन, अब यसलाई बिल्कुलै फरक क्रिकेट टी–१० मा लगिएको छ र त्यसपछि इङ्ल्यान्डको मैदानमा हुने नयाँ १०० बलको इभेन्ट ‘द १००’ मार्फत फ्यानलाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै