• २०८१ बैशाख २० बिहीबार

बिहारमा चलिरहेको रेलमा आगो लागेपछि...

kharibot

काठमाडौँ । भारतको बिहारको मोतिहारीमा आइतबार यात्रुवाहक रेलको इन्जिनमा आगलागी भएको छ । यस क्रममा ट्रेन भित्र यात्रुहरू उपस्थित थिए । रक्सौलबाट नरकटियागञ्ज जाँदै गरेको रेलमा बिहान ६.१० बजे दुर्घटना भएको हो ।

रेलका कर्मचारीलाई थाहा हुनेबित्तिकै रेल तत्काल रोकियो । यसै क्रममा यात्रुहरू पनि रेलबाट हाम फालेर दौडन थालेका थिए । रेलको छेउमा उपस्थित कर्मचारीहरूले पनि बोगीमा पुगेर मानिसहरूलाई तल ल्याए ।

यसपछि इन्जिनसँग जोडिएका बोगीहरू छुट्टिएका थिए । अहिले ती बोगीलाई अर्को इन्जिनमा जोडेर नरकटियागञ्ज लैजाने तयारी भइरहेको छ । यात्रुहरु पनि पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ ।

०५५४१ यात्रुबाहक ट्रेन रक्सौल जंक्शनबाट छुटेको रेल आइतबार रक्सौलको भेलाहीको ३९ नम्बर पुल नजिक पुग्दा अचानक आगलागी भएको हो । त्यहाँ उपस्थित रेल कर्मचारीले धुवाँ देखेपछि रेलको इन्जिनमा आगो लागेको थाहा भयो । कर्मचारीको सचेतताका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । यात्रु र चालकलाई सुरक्षित रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै