• २०८१ बैशाख २० बिहीबार

जोनसनको प्रतिमा रोजगार केन्द्र बाहिर राखियो, सामाजिक संजालमा ट्रोल

kharibot

काठमाडौँ । बेलायतको संसदमा कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा गरेपछि बोरिस जोनसन अहिले जनताको आकर्षणको केन्द्र बनेका छन् । यसको कारण उनको मोमको मूर्ति हो । वास्तवमा, जोनसनको मैनको मूर्ति रोजगार केन्द्र बाहिर देखा परेपछि सामाजिक सञ्जालमा जोनसनलाई ट्रोल गरिएको छ ।

यो मूर्तिलाई ब्ल्याकपूलको म्याडम तुसाद म्युजियमबाट हटाई रोजगार केन्द्र बाहिर राखिएको थियो । म्याडम तुसादको मोमको मूर्ति यसको सूक्ष्मताका लागि परिचित छ । रोजगार केन्द्रबाहिर राखिएको जोनसनको सूट र नीलो टाई लगाएको प्रतिमामा उनी कम्मरमा हात राखेर आराम गरिरहेका छन् ।

रोजगार केन्द्रबाहिर राखिएको बोरिसको प्रतिमा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कतिपय मानिसहरु मूर्तिसँग सेल्फी खिचिरहेका देखिएका छन् । त्यसैले केही मानिसहरू उनको मुर्ति देखेर हासीरहेका छन् । जोनसनको तस्बिर पोस्ट गर्दै एक प्रयोगकर्ताले लेखे- राजीनामापछि आज बोरिस जोनसन रोजगार केन्द्र बाहिर देखा परे । अर्का प्रयोगकर्ताले लेखेका छन्- राम्रो काम । अर्को प्रयोगकर्ताले हाँस्दै इमोजीसहित लेखे–ब्ल्याकपूल म्याडम तुसादले बोरिस जोनसनको मोमको प्रतिमालाई रोजगार केन्द्रबाहिर राखेको छ । म आफ्नो हाँसो थाम्न सक्दिन ।

मूर्ति मार्चमा ल्याइएको थियो

म्याडम तुसाद म्युजियमबाट हटाइएका जोन्सनको मैनको मूर्ति मार्चमा नै ब्ल्याकपुलमा ल्याइएको थियो । एक रिपोर्टका अनुसार यसलाई बनाउन ८ महिना लागेको थियो । यो २० मूर्तिकारहरू मिलेर बनाइएको थियो ।

१० डाउनिङ स्ट्रिटको ढोकामा 'खाली' बोर्ड

जोनसनको मूर्ति लन्डनको म्याडम तुसाद संग्रहालयमा पनि छ । यो शालिक राखिएको म्युजियमको ठीक पछाडि रहेको प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटको झाँकी बनाइएको छ । यहाँको ढोकामा ‘भ्याकेन्सी’ बोर्ड पनि राखिएको थियो । अधिकारीहरूले बोरिस अब बेलायतको प्रधानमन्त्री नरहेको बताएका छन् । त्यसैले संग्रहालयमा राखिएको उनको शालिक छिट्टै बाहिर निकालिनेछ ।

जोनसनले जुलाई ७ मा राजीनामा दिएका थिए

बेलायती प्रधानमन्त्री बोरिस जोनसन हरेक दिन कुनै न कुनै काण्डका कारण हेडलाइनमा रहन्छन् । यही कारणले ७ जुलाईमा उनले संसदमा कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका थिए । तर, उनले अक्टोबरमा नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा काम गरिरहनेछन् । ३० जुनमा यौन दुर्व्यवहारको आरोप लागेका आफु पक्षका सांसद क्रिस पिन्चरलाई उपप्रमुख सचेतक पदमा नियुक्त गरेपछि उनको मन्त्रिमण्डलका ४५ भन्दा बढीले राजीनामा गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै