प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाए दुई तिहाई मत 

खरीबोट
ad

रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदबाट दुई तिहाई बहुमत पाएका छन् ।

आईतवार बसेको प्रदेश सभा बैठक मुख्यमन्त्री पोखरेललाई नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गर्दै उनको पक्षमा मत दिएका छन् ।

पोखरेलले एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ६६ मत पाएका छन् । विपक्षमा भने नेपाली कांग्रेसको १८ मत मात्र परेको छ । १९ सांसद रहेको विपक्षी दल नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित थिए ।

गत फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मुख्यमन्त्री बनेको २४ दिनपछि विश्वासका मत पाएका छन् ।

 

सम्बन्धित समाचार

सङ्घीयता महङ्गो भन्नु गलत : प्रदेश ५ मुख्यमन्त्री पोखरेल

सङ्घीयता महङ्गो भन्नु गलत–मुख्यमन्त्री पोखरेल रूपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको

प्रदेश ५ मा बुधबार सार्वजनिक बिदा

बुटवल। मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल

प्रदेश ५ को सरकारी खर्चलाई मितव्ययी बनाउन निर्देशिका जारी 

बुटवल। प्रदेश सरकारको गर्ने खर्चलाई मितव्ययी बनाउन प्रदेश ५ को सरकारले प्रदेश सरकार, प्रदेश नं ५ सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ ।  प्रदेश सरकार मन्त्रिपरिषद्को

राससलाई प्रादेशिक ढाँचामा लैजान प्रदेश ५ का मुख्यमन्त्रीको सुझाब

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति (रासस)लाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गरेका छन् । बुटवलमा मुख्यमन्त्री पोखरेलसँग सोमबार राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी