• २०८१ बैशाख १६ आइतबार

डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभानाको मृत्यु

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी तथा तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले इभानालाई न्यूयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएको थियो । प्रहरीले उनी सिढीबाट खसेको वा हृदयघात हुनसक्ने अनुमान गरेको छ । उनको मृत्युको कारण अब अनुसन्धानपछि थाहा हुने बताइएको छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् । उनले लेखेका छन्- 'उनी एक अद्भुत महिला, सुन्दर र अद्भुत थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।'

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्ध बिच्छेदपछि उनले दुई पटक विवाह गरेकी थिइन् भने दुवै पटक सम्बन्धबिच्छेद भएको थियो । इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन् । डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प ।

डोनाल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्यूयोर्कका चर्चित व्यक्तित्व थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै