• २०८१ बैशाख १७ सोमबार

सिभिल बैंकका ग्राहकलाइ विराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

kharibot

काठमाडौँ l सिभिल बैंकका ग्राहकहरुले विराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा सिभिल बैकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता अनुसार ग्राहकले ओपिडी,बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन् ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९५ अर्व निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै