• २०८१ बैशाख २८ शुक्रबार

राखेपबाट अवकाश पाएका बज्रको बिदाइ

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ अधिकृत बज्रबहादुर केसीलाई बुधबार एक कार्यक्रमका बीच सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

घिसिङले आगामी दिनका लागि शुभकामना दिंदै केसी परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडि बढ्ने कर्मचारीको रूपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले उनकाे अनुभवलाई उपयोग गर्नेमा आफू बिश्वस्त रहेको बताए । उनले परिषद्मा कर्मचारीहरूले अन्यायपूर्ण जीवन बिताइरहेको भन्दै आफू सदा कर्मचारीको साथमा रहने बताए ।

केसीले ३०औं वर्ष खेलकुदमा कार्य गर्दा सेवकका क्रममा केही तीता, नमिठा कुराहरू भएमा त्यसलाई बिर्सन र आफूले पनि त्यसलाई सेवाका क्रममा भएको क्रियाकलापको रूपमा लिने भन्दै अनिवार्य अवकाशका कारण सेवाबाट बाध्यात्मक बिदाइ भए पनि खेलकुदबाट टाढा नरहने बताए ।

तालिम तथा प्रशिक्षण विभागका वरिष्ठ प्रशिक्षक अर्जुनबहादुर बिकले अनिवार्य अवकाशका कारण बिदाइ भए पनि केसी खेलकुदबाट टाढा नरहने बताए ।

कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा सम्वन्ध आत्मीय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस् भन्दै शुभकामना दिए ।

खेलकुद विकास विभागका प्रमुख रहेका केसी ९ असाेज २०४७ मा नायव सुब्बाको रूपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । परिषद्अन्तर्गत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसी १५ असाेज २०५४ माअधिकृतमा बढुवा भएका थिए । २१ पुस ०६३ मा द्वितीय श्रेणीमा बढुवा भएका उनी १२ असार २०७९ मा प्रथम श्रेणीमा बढुवा भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै