• २०८१ बैशाख १८ मंगलबार

अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ- प्रधानमन्त्री देउवा

kharibot

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताएका छन् ।

काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याए ।

“खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भने, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।”

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएको पनि खुसी व्यक्त गरे ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताए । उनले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गरे ।

खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैरआर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्वपूर्ण पक्ष रहेको उनले बताए ।

उहाँले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमितामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको आवश्यकता औँल्याए ।

खेलकुदका क्षेत्रमा राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न प्रकारका राष्ट्रिय तथा प्रादेशिकस्तरका खेल आयोजना गरी निरन्तररुपमा खेलाडीको प्रतिभालाई तिखार्ने अवसर दिलाउन परिषद्लाई निर्देशन दिए । नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिए ।

उनले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिए ।

ओलम्पिकमा स्वर्ण विजेतालाई एक करोड ३० लाख दिनेगरी कानुनी व्यवस्था हुँदैछ : मन्त्री गहतराज

उक्त समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिए ।

मन्त्री गहतराजले भने, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।”

उनले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०÷३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिए । केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

“उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ”, समारोहमा उनले थपे । मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगतरुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताए ।

खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उनले बताए । उनले खेलकुदलाई सामान्य क्रियाकलापले मात्रै बुझ्ने गल्ती गरेमा तत्वयिक सफता प्राप्त गर्न नसकिने बताए ।

उनले खेललाई जीवनको पर्यायका रुपमा विकास गर्दै बहुआयामिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो ।

सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उहाँले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पु¥याउन मद्दत गर्ने बताए ।

“अन्तर्राष्ट्रिय प्रतियोगिता जुन क्रमले अघि बढिरहेको छ, त्यसतर्फ हेर्दा निरन्तर खेल प्रतियोगिता गर्दै जाने र तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता छ”, उनले भने । मन्त्री गहतराजले सरकारले आगामी साफ गेमको तयारी गरिरहेको तथा २३ सेप्टेम्बरमा एशियन खेल हुँदै गएकाले राम्रो तयारीको आवश्यकता औँल्याए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै