• २०८१ बैशाख १६ आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा गेटा मेडिकल कलेज अवलोकन

kharibot

कैलाली । धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन् ।

उनिसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी थिए ।

अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएका त्यहाँका निर्देशक डा प्रमोद जोशीले जानकारी दिए ।

उनले भने, “मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबीच कुरा भएको छ ।”

त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा  समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई  निर्देशन दिएको जनाइएकोे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै