• २०८१ बैशाख १७ सोमबार

अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

kharibot

अछाम । अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै