• २०८१ बैशाख १२ बुधबार

हिटलरको घडी ११ लाख डलरमा बिक्रि

kharibot

काठमाडौँ । दोस्रो विश्वयुद्धमा करिब ४ करोड मानिसको ज्यान लिने हिटलरको घडी ११ लाख डलरमा लिलाम भएको छ ।

यो लिलामी अमेरिकाको मेरिल्याण्डमा अलेक्जेन्डर हिस्टोरिकल अक्सनमा भएको थियो । यो घडी ह्युबर कम्पनीको हो, एक बेनामी बोलीकर्ताले खरिद गरेका हुन् । यस घडीमा स्वस्तिक छ । यससँगै यसमा एएच लेखिएको छ, जसको अर्थ एडोल्फ हिटलर हो । अमेरिकालगायत इजरायलका यहूदी नेताहरूले उक्त लिलामीको निन्दा गरेका छन् ।

तर, लिलामी घरले आफ्नो उद्देश्य इतिहास जोगाउनु रहेको बताएको छ । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ सम्म नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा, लगभग ६० लाख मानिसहरू केवल यहूदीहरू भएको कारण मारिए । लिलामी क्याटलगका अनुसार, यो सम्भवतः १९३३ मा हिल्टरलाई जन्मदिनको उपहारको रूपमा दिइएको थियो ।

यस अवधिमा उनी जर्मनीको चान्सलर बने ।

बीबीसी रिपोर्टका अनुसार, लिलामी घरले अनुमान गरेको छ कि लगभग ३० फ्रान्सेली सैनिकहरूले हिटलरको घर बर्घोफमा आक्रमण गर्दा यो घडी स्मारिकाको रूपमा लिएको थियो । त्यसबेलादेखि, यो घडी धेरै पुस्ताले किनेको र बेचेको छ । यस लिलामीमा हिटलरसँग सम्बन्धित अन्य चीजहरू पनि राखिएको थियो । यसमा नाजी अधिकारीहरूले हस्ताक्षर गरेको फोटोसहित उनकी पत्नी इभा ब्राउनले लगाएको पोशाक समावेश थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै