• २०८१ बैशाख १५ शनिबार

टोखाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ

kharibot

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै