• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधिसभा- पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उनको परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । 

बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भने, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।” 

मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

विद्युत्को भौतिक संरचना बलियो नहुँदा घटना भएको उनको भनाइ थियो । त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका–१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गरे । भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उनको भनाई छ ।  
 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै