• २०८१ बैशाख १७ सोमबार

फोहोरसहितका १५२ गाडी बञ्चरेडाँडा पुगे, बालेन भन्छन्- नियमित हुन अझै केहि दिन लाग्छ

kharibot

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको फोहोर उठाएका १५२ गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । महानगरका मेयर बालेन शाहले कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने बताएका छन् ।

बालेनले काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्ने बताएका छन् । उनले नियमित अवस्थामा पुग्न केहि समय लाग्ने समेत बताएका छन् ।

उनले फोहोर व्यवस्थापनका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउदै अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरु तथा अवरोध खुलाउँन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद दिएका छन् । बालेनले कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा नदोहोर्याउने समेत बताएका छन् ।

उनले थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको बताएका छन् ।

उनले भनेका छन्- 'फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रन्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै