• २०८१ बैशाख १७ सोमबार

धादिङको गल्छीमा दुर्घटना, दुई जनाको मृत्यु

kharibot

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ । 

चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै