• २०८१ बैशाख २१ शुक्रबार

राजु श्रीवास्तव अझै भेन्टिलेटरमा

kharibot

काठमाडौँ । चर्चित स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तव दिल्लीको एम्स अस्पतालमा उपचाररत रहेका छन् ।

सबैले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । राजु श्रीवास्तवका फ्यानहरूको चिन्तालाई सम्बोधन गर्न, हास्य कलाकारको स्वास्थ्य अपडेट हरेक दिन जारी गरिन्छ । अगस्ट १७ को अपडेट पनि बाहिर आएको छ । राजुका ब्यवसाय प्रबन्धकका अनुसार अहिले हास्य कलाकारको स्वास्थ्यमा केही सुधार आएको छ । यद्यपि उनी अझै आईसीयूमा लाइफ सपोर्ट सिस्टममा छन् ।

प्राप्त जानकारीका अनुसार राजु श्रीवास्तवमा संक्रमण नहोस् भनेर कुनै पनि आफन्त, साथीभाइ वा परिवारका सदस्यलाई राजु श्रीवास्तवलाई भेट्न दिइँएको छैन । राजुका व्यवसाय प्रबन्धक नयन सोनीले पीटीआईलाई भने, "राजुको अवस्था बिस्तारै राम्रो हुँदै गइरहेको छ । उपचारमा प्रतिक्रिया दिइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको छ र उनले आफ्नो शरीरका अंगहरू अलिकति सार्न थालेका छन् । उनी अझै आईसीयूमा भेन्टिलेटरमा छन् । डाक्टरहरूले जानकारी दिएका छन् । उनलाई होश आउन करिब एक साता लाग्ने छ ।'

राजु श्रीवास्तवलाई गत बुधबार बिहान हृदयघात भएपछि एम्समा भर्ना गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै