वाटफोर्डमाथि लिभरपुलको शानदार जित, सलाह एक्लैले गरे ४ गोल 

खरीबोट
ad

काठमाडौँ ।  इङलिश प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।  गएराती भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५-० ले पराजित गरेको हो । 

लिभरपुलको जितमा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले ४ गोल गरेका थिए भने रोबर्ट फिर्मिनोले एक गोल गरे । 

खेलको चौथो मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४३औ मिनेटमा अर्को गोल गर्दै सलाहले लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । फिर्मिनोले खेलको ४९औ मिनेटमागोल गरे भने सलाहले खेलको ७७औ र ८५औ मिनेटमा गोल गर्दै लिभरपुललाई ५-० को शानदार जित दिलाए । 

लिभरपुलका म्यानेजर जर्गन क्लोपले घरेलु मैदानमा यस खेलसँगै ५० प्रिमियर लिग खेल खेलेका छन् ।  जसमा २८ जित १८ बराबरी र केबल ४ खेलमा हार बेहोरेका छन् । 
वाटफोर्डले लिभरपुलको घरेलु मैदानमा अहिलेसम्म खेलेका ११ खेलमा १० खेलमा हार बेहोरेको छ । 

लिभरपुलका लागि मोहमद सलाहले यस सिजनमा कुल ३६ गोल गरेका छन् ।  डेभ्यु बर्ष मै ३६ गोल गर्ने सलाह लिभरपुलका पहिलो खेलाडी हुन् ।

यो जितसँगै लिभरपुल ३१ खेलमा ६३ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३१ खेलमा ३६ अंकसहित लिगको ११औ स्थानमा रहेको छ  । 

सम्बन्धित समाचार

वाटफोर्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले कडा प्रतिष्पर्धाका बीच वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  युनाइटेडको जितमा रोमेलु लुकाकु र क्रिश

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित, जाखा र ओजीलले गरे गोल 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले न्युक्यासललाई पराजित गर्दै प्रिमियर लिगमा लागातार तेस्रो जित हासिल गरेको छ।  यस सिजनमा सुरुका दुई खेलमा हर बेहोरेर खराब सुरुवात गरेको आर्सनल अन्तत लयमा

फुलह्याममाथि म्यानचेस्टर सिटीको सहज जीत, साने, सिल्भा र स्टरलिङले गरे गोल 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको छ।  सिटीको जितमा लिरोय साने, डेभिड सिल्भा र रहिम स्टरलिङले

चेल्सीको जितमा हजार्डको ह्याट्रिक 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले कार्डिफ सिटीलाई पराजित गरेको छ।  गएराती भएको खेलमा चेल्सीले कार्डिफ सिटीलाई ४-१ अन्तरले पराजित गरेको हो।  चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि