• २०८१ बैशाख १६ आइतबार

टोटनह्यामसँग हार्यो म्यानचेस्टर सिटी, स्टेभेनले गरे डेभ्यु खेलमै गोल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले सिटीमाथि २-० गोल अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा स्टेभेन बेर्गविजन र सन हेंग मीनले एक एक गोल गरेका थिए । स्टेभेनले टोटनह्यामका लागि डेभ्यु खेलमा डेभ्यु गोल गरेका हुन् । उनी जनवरी ट्रान्सफरमा डच क्लब पिएसभीबाट टोटनह्याम आएका हुन् ।    

सिटीका ओलेक्संडर जिन्चेन्कोले खेलको ६०औ मिनेटमा रातो कार्ड पाउदा सिटी १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै टोटनह्यामले २०१६ पछि पहिलो पटक म्यानचेस्टर सिटी माथि प्रिमियर लिगमा जित हासील गरेको छ ।

सिटीको हारसँगै लिभरपुलसँगको अन्तर २२ अंकमा पुगेको छ । सिटीको २५ खेलमा ५१ अंक छ भने लिभरपुलको २५ खेलमा ७३ अंक रहेको छ ।

त्यस्तै टोटनह्यामको २५ खेलपछि ३७ अंक भएको छ भने लिगको पाँचौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै