• २०८१ बैशाख २२ शनिबार

बेन्जमाले जिते युइएफए प्लेयर अफ द इयरको उपाधि

kharibot

काठमाडौँ । रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जमाले यस बर्षको युइएफ़ए प्लेयर अफ द इयरको उपाधि जितेका छन् ।

गत सिजनमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताएका बेन्जमाले युइएफएको बर्षको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

बेन्जमाले गत सिजनको च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए । साथै बेन्जमाले गत सिजनको ला लिगामा ३२ खेल खेल्दै २७ गोल गरेका थिए भने १२ गोल असिस्ट गरेका थिए । 

बेन्जमाले रियल म्याड्रिडकै गोलकिपर थिबाउट कोउर्टोइस र म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेलाई पछि पारेर यो अवार्ड जितेका छन् ।  

यो अवार्ड गतबर्ष चेल्सीका जोर्जिन्होले जितेका थिए । युइएफए प्लेयर अफ द इयर अवार्ड सबैभन्दा बढी क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका छन् भने लियोनेल मेसीले २ पटक जितेका छन् । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै