• २०८१ बैशाख १७ सोमबार

प्रदेश नं १ का मुख्यमन्त्री राईलाई मातृशोक

kharibot

विराटनगर । प्रदेश नं १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज  बिहान  विराटनगरमा निधन भएको हो ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनि श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ । 

उनको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११, झ्याउँ पोखरी हो । विसं १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिनु भएकी धनकुमारीको मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा, एक छोरी र श्रीमान छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै