• २०८१ बैशाख ३१ सोमबार

चोलेन्द्रले नाम लिएका पूर्वन्यायाधीश र कानुन व्यवसायीसँग समितिले छलफल गर्ने

kharibot

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, पूर्वन्यायाधीशलगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको हो । 

पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने निर्णय भएको समितिका एक सदस्यले खरीबोटलाई जानकारी दिएका छन् । 

यस अघि समितिमा पाँच पटक बयान दिदै चोलेन्द्रले समितिले राखेका विभिन्न ४३ प्रश्नको जवाफ दिएका थिए । जवाफका क्रममा उनले विभिन्न नेताहरु, न्यायाधीश, वरिष्ठ अधिवक्ता र बारका पदाधिकारीहरुमाथि आरोप लगाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै