• २०८१ बैशाख १७ सोमबार

रसियालाई युरो २०२४ को छनौट खेल्न प्रतिबन्ध

kharibot

काठमाडौँ । युइएफएले रसियालाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ ।

रसियालाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ ।

रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार दुई ठुला प्रतियोगिताबाट बाहिरएको छ ।

युक्रेन आक्रमणपछि रसियन क्लबहरु र रसियन राष्ट्रिय टिमलाई फिफा र युइएफएले आफ्ना फुटबल प्रतियोगिताबाट प्रतिबन्ध लगाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै