• २०८१ बैशाख २१ शुक्रबार

प्रेम गीत-३ ले पहिलो सातामा कति कमाई गर्यो ?

kharibot

काठमाडौँ । विश्वभर रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ ले पहिलो सातामा विश्वभर २३ करोड नेपाली रुपैयाँ) कमाई गरेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मले पहिलो सातामा नेपालमा कुल ७ करोड ९६ लाख कमाई गरेको छ भने भारतमा ३ करोड ४४ लाख भारतीय रुपियाँ (५ करोड ५० लाख नेपाली रुपैयाँ) कमाई गरेको छ ।

त्यस्तै प्रेम गीत-३ ले ओभरसिजको बक्स अफिसमा पहिलो सातामा उत्कृष्ट कमाई गरेको छ । पहिलो साता प्रेम गीत-३ ले ६ करोड २१ लाख भारतीय रुपैयाँ अर्थात् ९ करोड ९३ लाख नेपाली रुपैयाँ कमाई गरेको छ ।

यसरी फिल्मले पहिलो सातामा कुल २३ करोड ३९ लाख कमाई गरेको छ ।  

नेपाल बाहिर नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको  थियो भने नेपाल भने हिन्दी डब गत सोमबारबाट रिलिज  भएको थियो । विश्लेषकहरुले औसत रिभ्यु दिएपनि प्रेम गीत-३ दोस्रो सातामा पनि विश्वभर दर्शकको साथ पाइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै