• २०८१ बैशाख १७ सोमबार

माओवादीले काठमाडौँमा ओनसरी, मानुषी र कल्पनालाई बनायो उम्मेदवार

kharibot

काठमाडौं । नेकपा माओवादीले गठबन्धनमा काठमाडौंमा पाएका तीनवटा क्षेत्रमा महिलालाई उमेदवार बनाएको छ ।

माओवादी केन्द्रले काठमाडौँका १० मध्ये २, ७ र ९ नम्बर क्षेत्र पाएको छ ।

जसमा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर २ बाट पूर्व सभामुख  ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ भने काठमाडौं क्षेत्र नम्बर ७ मा डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ९ मा कल्पना धमलालाई उमेदवार बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै