• २०८१ बैशाख २१ शुक्रबार

दुई सातामा प्रेम गीत-३ ले विश्वभर कति कमायो ?

kharibot

काठमाडौं । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज गरिएको फिल्म ‘प्रेमगीत ३’को दुई साताको कमाई सार्बजनिक भएको छ । फिल्मको निर्माण पक्षले नेपाल र भारतमा फिल्मले गरेको कमाइ सार्वजनिक गरेको छ ।

निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाई गरको छ ।

प्रेम गीत-३ ले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस र दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । 

यो फिल्मको नेपाली र हिन्दी दुवै संस्करणको नेपालको कमाई हो ।

त्यस्तै भारतमा फिल्मले दुई सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको जानकारी दिइएको छ । त्यसैगरी ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । 

यसरी फिल्मको दुई साताको विश्वव्यापी कमाइ ३४ करोड १३ लाख नेपाली रुपैयाँ कमाइ गरेको छ ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्मलाई पहिलो पटक हिन्दीमा डब गरेर बलिवुडसहित विश्वभर रिलिज गरिएको थियो । नेपाली फिल्मको बजार विस्तार गरेको भन्दै फिल्मको निर्माण पक्षको प्रसंशा गरिएको छ भने फिल्मलाई दर्शकले पनि साथ दिएको देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै