• २०८१ बैशाख २४ सोमबार

अदालत परिसरमा राखिएको बम निस्क्रिय

kharibot

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङ परिसरमा आज दिउँसो प्रेसरकुकर बम फेला परेको छ । 

अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

यसैबीच उक्त बमलाई आजै अपराह्न नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै