• २०८१ बैशाख १७ सोमबार

केजरीवाल बारे दिल्ली उच्च अदालतले आज फैसला सुनाउदै

kharibot

काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको विषयमा दिल्ली उच्च अदालतले आज फैसला सुनाउने भएको छ । मुख्यमन्त्री  केजरीवालले दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका थिए । 

दिल्ली उच्च अदालतका न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले भारतीय समय अनुसार आज दिउँसो २: ३० बजे फैसला दिनेछ । यसअघि गत अप्रिल ३ मा न्यायाधीश शर्माले दुवै पक्षको करिब चार घण्टासम्म सुनुवाइ गरेपछि आफ्नो निर्णय सुरक्षित राखेका थिए ।

रुस एभिन्यू अदालतमा मार्च २८ मा भएको सुनुवाइ पछि अरविन्द केजरीवालको रिमाण्ड चार दिन अर्थात् अप्रिल १ सम्म बढाइएको थियो । अप्रिल १ मा ईडीले मुख्यमन्त्रीलाई न्यायिक हिरासतमा पठाउन अदालतमा माग गरेको थियो। त्यसपछि उनलाई १५ अप्रिलसम्म तिहाड जेल पठाइएको थियो ।

केजरीवालभन्दा पहिले पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद सञ्जय सिंह पनि मदिरा नीति मुद्दामा पक्राउ परेका छन् । तर, यस मुद्दामा सञ्जय सिंहले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै