• २०८१ बैशाख २४ सोमबार

वाइन रोनीले ईङल्याण्डको राष्ट्रिय टिमबाट लिए सन्यास, यस्तो रेकर्ड छ उनको नाममा 

kharibot

काठमाडौँ । ईङल्याण्डका फुटबलर वाइन रोनीले ईङल्याण्डको राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।

हालै म्यानचेस्टर युनाइटेडबाट इभर्टन याएका ३१ बर्षिय स्ट्राइकर रोनीले बुधबार राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् ।  रोनीले इभर्टनको खेलमा बढी ध्यान दिन राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेको बताएका छन् ।

रोनीले बुधबार एक विज्ञप्ति जारी गर्दै ईङल्याण्डका म्यानेजर ग्यारेथ साउथीले ईङल्याण्डको आगामी खेलका लागि टिममा आउन अनुरोध गरेको उल्लेख गर्दै रोनीले यो गार्हो निर्णय भएपनि आफुले आफ्नो परिवार र इभर्टनका म्यानेजरसँग सल्लाह गरेर यस्तो निर्णय गरेको बताएका छन् ।

ईङल्याण्डको लागि खेल्नु जहिले पनि विशेष भएको बताउदै रोनीले आफु ईङल्याण्डको खेलाडी र कप्तानको रुपमा छनौट हुदा गर्भ लागेको बताएका छन् ।

रोनीले ईङल्याण्डबाट ११९ खेल खेल्दै ५३ गोल गरेका छन् । रोनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रोनीले ११९ खेल खेलेर सन्यास लिएका छन् ।  

त्यस्तै ईङल्याण्डको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा धेरै गोल गर्ने रेकर्डपनि रोनीको नाममा रहेको छ । उनले कुल ५३ गोल गरेका छन् । रोनीपछि बबी चार्लटनले ईङल्याण्डका लागि ४९ गोल गरेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै