• २०८१ बैशाख १७ सोमबार

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौँ । निर्वाचन आयोगले राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । मनाङ जिल्ला प्रदेश सभा ‘ख’ बाट निर्बिरोध प्रदेश सभामा निर्वाचित भएका मनाङेलाई एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण आयोगले स्पष्टीकरण सोधेको हो ।

उनले निर्वाचन खर्चका बारेमा अन्तर्वार्तामा टिप्पणी गर्दै आयोगले तोकेको ३० लाख रकम धेरै कम भएको बताएका थिए । उनले १५ लाख त मनोनयन दर्ता गर्दा मनाङमा रक्सि खुवादैमा सकिन्छ भनेका थिए ।

आयोगले सोधेको स्पष्टीकरणमा तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेश गर्न भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै