• २०८३ असार १ सोमबार

धनुषामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनुषामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा  । धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । 

भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ बर्षिया छोरी अंसु कुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका थिए । 

घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै