• २०८१ बैशाख २० बिहीबार

खोटाङमा देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर

kharibot

खोटाङ । खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर प्रदान गरेका छन् ।

गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद गरिएको एक थान हट एण्ड कोल्ट वाटर फिल्टर ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई प्रदान गरेका हुन् । युवा रोशन श्रेष्ठ, नवराज रिजाल, आदित्य भट्टराई, उपेन्द्र आचार्य, सन्तोष पोखरेल, कविराज रिजाल, सफल आचार्य र रुपक परियारको टोलीले वृद्धवृद्धालाई कार्यालयमा तातोचिसो पानी पिउने व्यवस्थाका लागि आइतबार ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हट एण्ड कोल्ट वाटर फिल्टर हस्तान्तरण गरेका छन् । 

संघलाई हट एण्ड कोल्ट वाटर फिल्टर सहित दुई थान जार र एकथान मल्टिप्लक प्रदान गरिएको श्रेष्ठले बताए ।

श्रेष्ठकै अगुवाईमा वृद्धवृद्धालाई तातो चिसो पानी पिउनका लागि हट एण्ड कोल्ट वाटर फिल्टर उपलव्ध गराइएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै