• २०८१ बैशाख १६ आइतबार

शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ ।

एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई ११ लाख दिने भएको छ । यसअघि सी डिभिजन क्लबलाई रु नौ लाख ५० हजार दिर्दै आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै