• २०८१ बैशाख २० बिहीबार

नेपाल बैक लिमिटेडको खुद् मुनाफा तीन अर्ब २२ करोड

kharibot

काठमाडौ । नेपाल बैक लिमिटेड्ले गत आर्थिक वर्षमा तीन अर्ब २२ करोड खुद मुनाफा आर्जन गरेको छ ।

उक्त मुनाफा यस अघिको दुई अर्ब ८८ करोडको तुलनामा करिव १२ प्रतिशतले बढी छ । बैकले यस अवधिमा चुक्ता पुंजीमा २४ प्रतिशतले वृध्दि हासिल गरि आठ अर्ब चार करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १३ सय प्रतिशतले वृध्दि हासिल गरि तीन अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

बैकले ०७४ असारमा निक्षेपतर्फ करिव पाँच प्रतिशतले वृध्दि हासिल गरि ९३ अर्ब ९४ करोड पु्र्याएको छ भने कर्जा तर्फ १७ प्रतिशतले वृध्दि हासिल गरि ७४ अर्ब ३७ करोड पुर्याएको छ । बैकको कोष लागत एक दसमलव ९७ प्रतिशत, आधार दर छ दसमलव २९ प्रतिशत ,प्रति शेयर आम्दानी ४० रुपैयाँ तीन पैसा  र कुल कर्जामा भाखा नाघेको कर्जा अनुपात तीन दसमलव १७ प्रतिशत रहेको छ ।

देशका ५३ जिल्लामा एक सय ३३ शाखा।कार्यालय, आठ वटा एक्सटेन्सन काउन्टरको कार्य संजाल मार्फत ग्राहकलाई सामान्यदेखि मोवाईल, अनलाईन लगायतका आधुनिक बैकिंग सेवा उपलव्ध गराई रहेको यस बैकका ५३ स्थानमा आफनै एटिएम रहेकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै