• २०८१ बैशाख १५ शनिबार

डोटीबाट एकीकृत समाजवादीका प्रेम आले विजयी

kharibot

धनगढी । डोटीमा प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादीका प्रेम आले विजयी भएका छन् ।

मत गणनाको अन्तिम परिणाम अनुसार आलेले २७ हजार २१० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी गौरीकुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

आले यस क्षेत्रबाट लागातार दोस्रो पटक विजयी भएका छन् ।

कुल एक लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६४ हजार ५८ मत खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै