बुटवल । रुपन्देही- ३ मा काँग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँण २७ मतले अगाडी रहेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार गृहमन्त्री खाँणले २२ हजार ७८१ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका दिपक बोहोराले पछिल्लो समय मतान्तर घाटाउदै २२ हजार ७५४ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको गणनामा बोहोराभन्दा खाँण केवल २७ मतले अगाडी छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ताले ४४५४ मत पाएका छन् ।