• २०८१ बैशाख १६ आइतबार

कालिकोटबाट प्रतिनिधिसभामा माओवादीका महेन्द्रबहादुर शाही विजयी

kharibot

कालिकोट । कालिकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

शाहीले २४ हजार ४७४ मत प्राप्त गरेर जित हासिल गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ ले १६ हजार ४१० मत पाएका छन् ।

माओवादीका शाहीले ८ हजार ६४ मत अन्तरले जित हासिल गरेका हुन् ।

शाहीले यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै