• २०८१ बैशाख १७ सोमबार

प्रचण्ड सुकुटेमा

kharibot

तस्बीर: श्रीधर न्यौपाने/ फेसबुकबाट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

सभामुख अग्निप्रसाद सापकोटा तथा परिवारका सदस्यहरूसहित प्रचण्ड सुकुटे पुगेका हुन् ।

प्रचण्ड, सभामुख अग्नि, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोसी नदीमा र्‍याफ्टिङसमेत गरेका छन् ।

हालै सम्पन्न निर्वाचनपछि अन्तिम चरणको मतपरिणाम आउने क्रम प्रचण्ड सपरिवार सुकुटे पुगेका छन् ।

प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने विषयमा छलफल गरेका थिए । त्यस्तै उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर मिलेर अगाडी बढ्न समेत प्रस्ताव गरेको अवस्था रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै