• २०८१ बैशाख १५ शनिबार

दक्षिण अफ्रीकाका राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल हुदै

kharibot

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ ।

रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दबाब बढिरहेको छ ।

अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले आफ्नो राष्ट्रिय कार्यकारिणी समितिको विशेष अधिवेशन आइतबारका लागि बोलाएको छ ।

समितिले शुक्रबार जोहानेसबर्गमा संक्षिप्त बैठक बसी पत्रकारहरूलाई राष्ट्रपतिविरुद्धको मुद्दाको तथ्यलाई अझ नजिकबाट नियाल्ने बताएको थियो ।

पूर्व गुप्तचर प्रमुखले सन् २०२० को फेब्रुअरीमा उत्तरपूर्वी दक्षिण अफ्रिकामा रहेको रामाफोसाको फार्ममा भएको चोरीको घटना प्रहरीबाट लुकाएको भन्दै प्रहरीमा उजुरी परेको थियो । 

रामाफोसाले लुटेराहरूलाई अपहरण गर्न र घूस दिई चुपचाप बस्न लगाएको आरोप लगाइएको छ ।

रामाफोसाका अनुसार फार्ममा थुप्रिएको ठूलो रकम सुडानी व्यापारीले किनेको भैँसीको भुक्तानी हो ।

रामाफोसाले आफ्ना पूर्ववर्ती ज्याकोब जुमाको भ्रष्टाचारमुक्त युगपछि आफूलाई भ्रष्टाचारमुक्तको रूपमा चित्रित गर्ने प्रयासमा यो प्रकरणले छायाँ पारेको छ ।

रामाफोसाले कानुनको गम्भीर उल्लङ्घन र दुव्र्यवहार गरेको हुन सक्ने निष्कर्षसहितको प्रतिवेदन बुधबार संसद्मा पेश गरिएको छ । उक्त प्रतिवेदनको आगामी मङ्गलबार संसदले समीक्षा गर्नेछ ।

यो बहसले रामाफोसालाई महाभियोग लगाउने विषयमा मतदानको बाटो खोलिदिन सक्छ, जुन शब्द दक्षिण अफ्रिकामा पदबाट हटाउनु हो । यद्यपि रामाफोसाले प्यानललाई बुझाएको निवेदनमा कुनै पनि गलत काम नभएको बताएका छन् ।

राष्ट्रपतिलाई यस समयमा कुनै पनि आरोप लगाइएको छैन, र पुलिस अनुसन्धान जारी छ ।

तर सोफाको ‘कुशन’मुनि लुकाइएको पाँच लाख डलरभन्दा बढी नगदको विवरणसहितको यो अनियमितता काण्ड उहाँको लागि सबैभन्दा खराब सम्भव क्षणमा आएको छ ।

डिसेम्बर १६ मा उहाँ संसदीय नेताको लागि चुनाव लड्दै हुनुहुन्छ । यो पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा रहनको लागि पनि महत्वपूर्ण छ ।दक्षिण अफ्रिकी प्रेसले शनिबार रामाफोसा पदमा रहिरहनेमा विश्वस्त रहेको जनाएको छ । राष्ट्रपति जनतामाझ एएनसीभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय